झापा । कर्णाली वचत तथा ऋण सहकारी संस्था लि. विर्तामोड ४ झापाले आफ्नो १८औँ सेवाकेन्द्र बनियानीमा उद्घाटन गरेको छ। उक्त उद्घाटन कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. १ को क्षेत्र नं (क) प्रदेश साँसद बसन्तकुमार बाँनिया रहेका थिए।

विशिष्ठ आतिथ्यता कचनकवल गापा अध्यक्ष अञ्जार आलमले गरेका थिए। त्यसैगरी क्रमश अतिथिमा लक्ष्मी क्याम्पस कचनकवलका क्याम्पस प्रमुख मोती राजवंशी, कचनकवल वडा नं. ६का वडाअध्यक्ष कुल बहादुर कार्की, पूर्व गाविस अध्यक्ष सिताराम खड्का रहेका थिए। कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले गरेका थिए।

संस्थाको सञ्चालक समिति, लेखा समिति, उप–समिति, सम्पूर्ण सेवाकेन्द्र व्यवस्थापन उपसमिति, कर्मचारी, शेयर सदस्यलगायत विभिन्न संघसंस्थाहरुको पनि उत्साहजनक उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष इश्वरी प्रसाद खरेलले राख्नुभएको थियो। मन्तब्यकै क्रममा माननिय सांसद ज्यूले संस्थाले सञ्चालन गरेको उपचार कोषको सुविधा, सदस्यलाई छिटो छरितो कर्जा प्रवाह गराउने सिस्टम, सामाजिक क्षेत्रमा संस्थाले सञ्चालन गरेका अत्यन्तै लोकप्रिय कार्यक्रमहरु जनहितमा केन्द्रित रहेकाले आफूपनि शेयर सदस्य बन्दै सबै कचनकवल गाउँपालिकाका बासिन्दाहरुलाई कर्णाली सहकारीमा आबद्धता जनाई लोकप्रिय कार्यक्रममा हातेमालो गर्न आवहन गरेका छन्।

स्थानिय सरकार प्रमुख कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले कर्णाली सहकारीले ल्याएका अत्यन्तै राम्रा कार्यक्रमहरुमा आफ्नो पनि सहभागिता जनाउँदै गाउँपालिका हातेमालो गर्न तयार रहेको कुरामा प्रतिबद्धता जाहेर गरे। यो कार्यक्रम १८औँ सेवाकेन्द्रको नाममा बनियानी बजारमा कार्यलय रहने गरि त्यस क्षेत्रका सदस्यहरुलाई सेवा सुविधा उपलब्ध गराउने पवित्र उद्देश्यले सो कार्यलयको उद्धघाटन प्रमुख अतीथि माननिय प्रदेश प्रमुख ज्यूको हातबाट रिबन काटेर भएको थियो।

सोही कार्यक्रममा संस्थाको उपचार कोष कार्यक्रम अन्तर्गत रहि सदस्य देवी माया घिमिरेलाई पित्त थैलीको अपरेसन बापत १०००० सहयोग, सदस्य नेहा कुमारी शाहलाई सामान्य अपरेसन सुत्केरी सुविधा ४०००, सदस्य अनिता भट्टराईलाई सुत्केरी सुविधा २००० क्रमश प्रदान गरिएको थियो भने संस्थाले आफ्ना सदस्यहरुको जिवन विमा गराउने कार्यक्रम पनि रहेकोले सोही कार्यक्रम अन्तर्गत एलआई नेपालमा जिवन विमा गराउनुभएकि सदस्य देविमाया गोस्वामीको निधन भएकाले वहाँका पतिलाई जीवन विमा अन्तर्गतको रकम११८८१६ उपलब्ध गराइयो।

साथै सोही कार्यक्रममा गंगामाया तथा नरबहादुर क्यान्सर पिडित सहयोग संस्थाको समाजमा सञ्चालन गरेका स्वास्थय सम्बन्धी कार्यक्रम प्रभावकारी देखिएकाले आफ्नो सांसद कोषबाट आगामी वर्ष दुई लाख रुपैयाँ रकम कचनकवल गापाभित्र स्वास्थय कार्यक्रम सञ्चालन गर्ने गरि उपलब्ध गराउने कुरा पनि माननिय सांसद बानियाले प्रतिबद्धता जाहेर गरे। यस गरिमामय कार्यक्रमको उद्घोषण तथा सञ्चालन संस्थाका सचिव भूपाल बस्नेतले गरेका थिए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार