दयानन्द गोस्वामी

संध्या बहिर्गमन को कामना गर्दा
अवशिष्ट हरू कती धेरै बाँकी छन् ,

झनझन बाक्लीँदै जान्छ अंधकार
आकाशका ती ताराहरु साक्षी छन्,

पूर्णमासी गहिरो रातको कालीमा
निकृष्ट भित्र पनि उत्कृष्ट हेर्न लाई,

उन्मादी रातचरी हरू फरफराउँदै
चन्द्रप्रभाको संग अंकमाल गर्छन,

घनघोर अरण्य भित्र पनी चातकहरु
सबै निंड भित्र रहेर गर्दछन् कामना,

पूर्व क्षितिजमा दर्शन होस प्रभातको
पथमा अनिष्ट संग गर्न सकौं सामना,

किंचित पनि निर्बल न होस विश्वास
सुदृढ़ रहुन जीवन का पंखहरु सदा,

व्यवधान जती आउन उडान पथमा
स्वयं नै शमन होस न गरून निराश,

ढल्दै गरेको त्यो सविताको लालिमा संकेत
हो आगमन नीशाको कालीमा,

हुनेछ नि:शब्द सारा वातावरण
यहाँ नहोला संयम जहाँ कलुषित नै छन्,

संध्या बहिर्गमन को कामना गर्दा
अवशिष्ट हरू कती धेरै बाँकी छन्,

झन झन बाक्लीँदै जान्छ अंधकार
आकाशका ती ताराहरु साक्षी छन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार