काठमाडौं । विश्व बैंकले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि थप २० करोड डलर सहयोग गर्ने भएको छ । आवास परियोजनाका लागि विश्व बैंकले थप २० करोड डलर अर्थात् करिब २२ अर्ब ६० करोड रुपैयाँ सहयोग गर्ने प्रस्ताव विश्व बैंकको मुख्यालयले स्वीकृत गरेको नेपालस्थित विश्व बैंक कार्यालयले जनाएको छ ।

सहयोग रकम भूकम्पबाट प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० आवास पुनर्निर्माणका लागि रहेको बैंकले जनाएको छ । भूकम्पबाट प्रभावित कोही पनि नेपाली पुनर्निर्माणबाट वञ्चित हुन नपरोस् भनेर विश्व बैंकले थप सहयोग गर्न लागेको बैंकले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार