कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितिको फाइदा उठाउदै तस्करी तथा चोरी सिकारी बडेपछी जलथल जङ्गललाई लकडाउन गरिएको छ।

एसियाकै जैविक विविधता भएको जलथल जङ्गल सग आवद्ध २२ वटा सामुदायिक वन समिति र तिनीहरुका ४ वटा स्थानीय महासघको हल्दिवारीमा बसेको आपतकालिन बैठक उक्त निर्णय गरेको हल्दिवारी महासघका अध्यक्ष हेमराज काफ्लेले बताए ।

नेपाल सरकारले तोकेको लकडाउनको समय सम्म कुनै पनि बहानामा बन भित्र पस्न बन्देज गरिएको छ। केही बन समिति कै मान्छेको मिलेमतोमा तस्कर सग मिलि चोरी निकासी गरिएको पाइएकोले समेत जलथल जङ्गललाई लकडाउन गरिएको वन अभियान्ता बताउछ्न। उता जिल्ला बन डिभिजन कार्यलयले समेत सार्वजनिक सूचना जारी गर्दै झापाका सबै बनलाई लकडाउन गरिएको जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार