झापा , लकडाउनले ठप्प भएका झापाका सीटीसी चिया उद्योग वैशाख ७ गतेदेखि खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको बैठकमा विभिन्न बुँदामा निर्णय गर्दै जिल्लाका चिया उद्योग खुलाइने सहमति भएको हो।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको नेतृत्वमा बसेको बैठकमा चिया उद्यमी तथा मजदुर सङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा लकडाउन उल्लंघन नगर्ने सर्तमा पाँच बुँदे निर्णय गरिएको छ।

जिल्लाका चिया उद्योगहरू सञ्चालन, व्यवस्थापन तथा नियमनका लागि स्थानीय तहहरूसँग समन्वय गर्ने, सामाजिक दूरी कायम गरी चियाको पत्ती टिप्ने, कामदारहरूलाई हात धुने साबुन, स्यानिटाइजर, मास्क अनिवार्य व्यवस्था गरी प्रयोग गराउने, चिया ढुवानी गर्ने गाडीमा ब्यानर राख्ने र चिया बगानमा हरियो पत्ती तौल गर्दा भिडभाड हुन नदिने निर्णय भएको छ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राई, नेपाल चिया उत्पादक संघ अध्यक्ष सुरेशकुमार मित्तल, झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड बिर्तामोडका क्षेत्रीय प्रमुख रामसकवाल यादव, मजदुर संगठनका नेताहरू दीपक तामाङ, यज्ञप्रताप अधिकारी, सीता सापकोटा, सहीकुमार राई, भूपाल सापकोटा, चिया उद्योगीहरू आदित्य पराजुली, भक्ति अधिकारीलगायतको उपस्थिति थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार