कतारको जेलमा रहेका १७ जना नेपालीले आममाफी पाएका छन्  ।विश्व महामारीको अवस्थालाई मध्य नजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखेर कतारका अमिर शेख तमिम बिन हमाल अल थानीले आममाफी दिने घोषणा सार्वजनिक गरेका थिए ।

 आममाफी अन्तरगत कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु पनि रिहा हुन लागेको कतारस्थित नेपाली राजदूतावासले जानकारी दिएको हो ।हाल कतारको जेलमा १३ जना लागू औषध कारोवार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार