कोरोना भाइरस संक्रमणको महामारीले विश्वामा अमेरिकापछि सबैभन्दा बढी मानविय क्षति व्यहोर्दै युरोपमा सबैभन्दा लामो लकडाउन भएको इटालीले बैशाख २२ तद्नुसार मई ४ तरिख देखी चरणवद्ध लकडाउन हटाउँदै लैजाने घोषणा गरेको छ । इटलीमा अहिले सम्म कोरोना भाइरस महामारी बाट २६ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ । हाल त्यहाँ लगातार मृत्यु संख्या घट्दै गएको छ ।

इटलीका प्रधानमन्त्री जुसेपे कोन्टेले आइतवार मई ४ बाट लकडाउन क्षेत्रगतरुपमा हटाउँदै लैजाने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । प्रधानमन्त्री कोन्टेका अनुसार उत्पादन, निर्माण कम्पनी र केही थोक विक्रेताहरूलाई मई ४ बाट पुनः काम सुरु गर्न पाउनेछन् । त्यसको दुई हप्तापछि खुद्रा विक्रेतालाई पसल खोल्न दिइनेछ । तर रेस्टुरेन्ट र बारहरू लाई जुनको सुरुबाट मात्र पूर्णरुपमा संचालनमा आउनेछन् ।

दुई महिनाभन्दा अगाडि मिलान बाहिरको एउटा सानो शहरमा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएपछि इटाली लकडाउनमा जानुपरेको थियो । संकटको दोश्रो चरण अपेक्षा गरिरहेको इटालीले संक्रमणको दोश्रो लहर सुरु नगरी अर्थव्यवस्थालाई पुनः सुरु गर्ने प्रयास गर्नेछ । प्रधानमन्त्री कोन्टेले भनेका छन् ‘’हामीले जटिल चुनौतीको अपेक्षा गरिरहेका छौ, हामी भाइरससँगै बाँच्नेछौं र हामीले सम्भव भएसम्मका सावधानीहरू अपनाउनुपर्नेछ ।’ इटलीले विश्वकै सबैभन्दा लामो लकडाउन सामना गरेको छ भने युरोपेली देशहरूमा सबैभन्दा धेरैको मृत्यु इटलीमै भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार