बहराइनमा मंगलबार थप ७७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको छ । यसअघि बहराइनमा ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

कुनै क्याम्पमा कोरोना सङ्क्रमण देखिएमा त्यो क्याम्पलाई नै बहराइनले क्वारेण्टाइनमा परिणत गर्दै आएको छ । नेपाली दूतावासका अनुसार बहराइनमा करिव ३० हजार नेपाली श्रमिक कार्यरत छन् । बहराइनमा अहिलेसम्म २ हजार ८११ जना संक्रमित भएका छन् । त्यसमध्ये ८ जनाको मृत्यु भएको छ ।

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ५१ पुगेको छ । कुवेतका लागि नेपाली रादूत दुर्गाप्रसाद भण्डारीका अनुसार थप २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै मंगलबारसम्ममा कुवेतमा ५१ जना नेपाली संक्रमित भएका छन् ।

कुवेतमा यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । कुवेतमा मंगलबारसम्म ३ हजार ४४० जनामा संक्रमण देखिएको छ भने २३ जनाको मृत्यु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार