काठमाडौं , कुवेतमा कोरोनाभाइरसको संक्रमण देखिने नेपालीको संख्या ६१ पुगेको छ । कुवेतमा थप १० जना नेपालीमा कोरोना पुष्टी भएलगत्तै संक्रमित नेपालीको संख्या ६१ पुगेको हो । कुवेतमा थप १० जना नेपालीमा कोरोना देखिएको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुवेतमा कोरोनाको संक्रमणबाट हालसम्म २४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ हजार ७ सय ४० पुगेको छ । त्यस्तै संक्रमित मध्ये एक हजार ३ सय ८९ जना उपचारपछि निको भइसकेका छन् । कुवेतमा पछिल्लो २४ घण्टामा ३ सय नयाँ संक्रमित फेला परेका हुन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार