काठमाडौं , मलेसियामा थप ६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । मलेसियाका लागि नेपाली राजदूतले दिएको जानकारी अनुसार हालसम्म मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ९ जना पुगेको छ । त्यस्तै ३ जना कोरोना संक्रमित नेपाली उपचारपछि निको भइसकेका छन् ।

मलेसियामा हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ५३ पुगेको छ भने मृत्यु हुनेको संख्या १ सय ५ पुगेको छ । त्यस्तै मलेसियामा कोरोना संक्रमित भएका ४ हजार ४ सय ८४ जना उपचारपछि निको भइसकेका छन् । मलेसियामा कोरोना निको हुनेको संख्या बढ्दै गएपछि लकडाउन केही खुकुलो बनाउन लागिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार