भारतमा कोरोना भाइरसको संक्रमणबाट ३३ सय भन्दा बढीको ज्यान गएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६४ जनाको कोभिड–१९ बाट ज्यान गएको हो । अहिलेसम्म तीन हजार तीन सय तीनजनाको मृत्यु भएको छ ।

यस्तै संक्रमितको कुल संख्या एक लाख ६ हजार ७५० पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी प्रभावित भएको महाराष्ट्रमा ३७ हजार १३६ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या १३ सय २५ रहेको छ । यस्तै तमिलनाडुमा १२ हजार ४४८ र गुजरातमा १२ हजार १४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार