भद्रपुर/ तिन दिनअघि झापामा अधिक गर्मी अनुभव गरिएको बेला अब गर्मी यसरी नै बढ्दै जाने हो कि भन्ने चर्चा हुन थालेको थियो । बुधवार साँझदेखि मौसममा देखिएको शितलताले राहत महशुस गरेको झापामा बुधवार राती हावाहुरी सहित वर्षा भएपछि सर्वसाधारणले व्याङकेट ओढेर सुत्नु प¥यो ।

आज विहीवार विहानै देखी धरानको मौसम धुम्मिएको छ । मौसममा आएको परिवर्तन बंगालको खाडीमा बनेको समुद्री चक्रावातले सिर्जना गरेको अंपुन आँधिको नेपालमा परेको प्रभाव भएको मौसम विदहरुले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार बुधबार अपरान्ह देखि पूर्वी नेपालका अधिकांश भूभागमा हल्कादेखि मध्यम स्तरको वर्षा भइरहेको छ ।

उनका अनुसार नेपालमा अंपुन चक्रवातको अप्रत्यक्ष प्रभाव देखिएको छ । विहीवार राति पनि पूर्वी र मध्य नेपालमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रका केही ठाउँमा भारी हिमपात हुने देखिन्छ । शुक्रवार दिनभरि पनि पानी पर्ने सम्भावना छ । पूर्वी तथा मध्य नेपालका केही स्थानमा खोलामा अचानक बाढी आउन सक्ने भएकाले सचेत रहन पनि पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

तीन दिनको मौसम पूर्वानुमान शाखाका अनुसार आज बिहीबार दिउँसो देशको मध्य तथा पूर्वी भू(भागहरूमा पूर्ण बदली रही पश्चिमी भू(भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू(भागका केही स्थान र पश्चिमी भू(भागका १–२ स्थानमा मेघगर्जनर चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पूर्वी तथा मध्य उच्च हिमाली भू(भागका केही स्थानमा साथै पश्चिमी उच्च हिमाली भूभागका १–२ स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ ।

राती पूर्वी भूभागमा पूर्ण बदली तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी भूभागका केही स्थान र पश्चिमी भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पूर्वी तथा मध्य उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । शुक्रबार दिउँसो पूर्वी भूभागलगायत मध्य र पश्चिमी पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

पूर्वी भूभागका केही स्थान साथै मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ । यस्तो स्थिति बंगलादेश सहित भारतका पश्चिम बंगाल उडिसा राज्यमा अंपुन चक्रवात प्रवेश गरेकोले भएको हो । बुधबार दिउँसो साढे २ बजेदेखि उक्त चक्रवातका कारण त्यहाँ भारी वर्षा र तीव्र गतिमा हावा चलिरहेको छ ।

उक्त हावाको गति प्रतिघन्टा १२० किलोमिटर सम्म रहेको बताइएको छ । उक्त हावाले हजारौं रूख जरैदेखि ढलेका छन् भने टेलिकमका टावर लगायत भौतिक संरचनामा क्षति भएको छ । भारतीय मौसमविदहरूले यो चक्रवात सन् १९९९ पछि भारतमा आएको सबभन्दा ठूलो चक्रवात भएको बताएका छन् । सन् १९९९ को उक्त चक्रवातमा परी ९ हजार बढी मानिसले ज्यान गुमाएका थिए ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बुधबार चक्रवात पसेको केही घन्टामै उडिसामा २ जनाको ज्यान गइसकेको छन् भने उता बंगलादेशमा पनि एक जनाको ज्यान गएको बताइएको छ । पश्चिम बंगालमा ५ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने उडिसामा १ लाख ५८ हजार मानिसलाई स्थानान्तरण गरिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार