काठमाडौँ , विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस अहिले विश्वका विभिन्न देशमा फैलिएको छ ।  यस्तै साउदी अरबमा कार्यरत नेपालीहरुमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

हालसम्म साउदी अरबमा कोरोना संक्रमित हुने नेपालीको संख्या १ हजार ३ सय ६४ पुगेको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यस्तै कोरोनाको संक्रमणबाट हालसम्म साउदीमा ७ जना नेपालीको मृत्यु भइसकेको छ ।

साउदीमा कोरोना संक्रमित भएका १७ जना नेपाली महिला रहेको जनाइएको छ । साउदीमा हालसम्म कोरोनाबाट ६५ हजार ७७ संक्रमित भएका छन् भने ३ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार