कमला भट्रराई भद्रपुर / नेपालमा लकडाउन लामो भएकोले खुकुलो गर्ने माग सामाजिक सञ्जालमा बढेको पाइन्छ । विश्वको सम्पन्न र विकसीत मुलुकमा भने लकडाउन उल्लंघन गरेको आरोप लगाउँदै उच्च ओहदामा रहेको व्यक्ति संग पदबाट राजिनामा मागिएको छ ।

बीबीसीले दिएको समाचार अनुसार बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रमुख राजनीतिक सल्लाहकार डोमिनिक क्यूमिङ्स कोरोना भाइरसका लक्षणहरु देखिएपछि लकडाउनको समयमा समेत सयौं किलोमिटरको यात्रा गरेको भन्दै राजिनामा दिनुपर्ने माग गरिएको हो । स्कटिश नेशनल पार्टीका वेस्टमिनिस्टर नेता इयान ब्ल्याकफोर्डले क्यूमिङ्सले राजिनामा दिनुपर्ने वा प्रधानमन्त्री बोरिस जोनसनले उनलाई पदबाट बर्खास्त गर्नुपर्ने बताएका छन् ।

उनले यो नेतृत्वको परीक्षा भएको बताए । लिबरल डेमोक्रेट्सका कार्यवाहक नेता एड डेभीले पनि डोमिनिक क्यूमिङ्सले लकडाउनका प्रतिबन्धहरु तोडेको भए राजीनामा दिनुपर्ने भनाइ राखेका छन् । प्रधानमन्त्रीको कार्यालयले भने शुक्रबार रातमा यस विषयमा कुनै टिप्पणी दिन अस्वीकार गरेको बिबिसीले जनाएको छ ।

द मिरर र गार्जियनमा प्रकाशित समाचार अनुसार कमिङसँग डरहम प्रहरीले भेट गरिसकेको छ । कोरोना भाइरस महामारी फैलिएपछि बेलायती सरकारले मार्च ३१ गते त्यहाँका जनताहरु लाई घरमै बस्न सल्लाह दिएका थिए । अनावश्यक कामकाज बाहेक हिँड्डुल गर्न देशभर अझै प्रतिबन्ध लगाइराखिएको छ ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा मात्र संक्रमित संख्या २ लाख ५४ हजार बढी छ भने संक्रमणका कारण हालसम्म ३६ हजार ३ सय ९६ जनाको ज्यान गइसकेको छ । तर प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डोमिनिक क्यूमिङ्स कोरोना भाइरसका लक्षणहरु देखिएपछि लकडाउनको समयमा लन्डनबाट आफ्ना आमा बाबुको डरहम काउन्टी स्थित घर पुगेका हुन् ।

प्रधानमन्त्रीका मुख्य सहयोगीले बिबिसीलाई बताए अनुसार क्यूमिङ्स र उनकी श्रीमती आफ्नो आमाबाबुको घर आइसोलेसनका लागि गएका थिए । श्रोतले भने क्यूमिङ्सले लकडाउनका प्रावधानहरू नतोडेको दाबी गरेको समाचारमा जनाइएको छ । उनको भनाई छ ’क्यूमिङ्स र उनका श्रीमती छुट्टा(छुट्टै भवनमा बसेका थिए ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार