भद्रपुर । माहामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी देश भारतमा संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार १ सय थपिएसँगै त्यहाँ संक्रमितको कुल संख्या १ लाख ३८ हजार ५ सय पुगेको हो ।

यो सँगै भारत सर्बाधिक कोरोना संक्रमित देशको १० औँ स्थानमा आइतबार इरानलाई उछिन्दै भारत सर्बाधिक संक्रमित देशको १० औँ स्थानमा उक्लिएको हो । २४ घण्टामा भारतमा १ सय ५६ जनाको मृत्यु भएको छ । यो सँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । भारतमा साढे ५७ हजार व्यक्ति संक्रमण मुक्त हुँदा ७६ हजार ८ सय व्यक्तिको उपचार छ ।

जसमध्ये ८ हजार ९ सय संक्रमितकोे अवस्था गम्भीर रहेको छ । विश्वका २ सय १५ देशमा फैलिसकेको कोरोनाबाट सोमबार बिहानसम्म ५५ लाख व्यक्ति प्रभावित भएका छन् । जसमध्ये २३ लाख व्यक्ति निको हुँदा ३ लाख ४६ हजार संक्रमितको मृत्यु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार