koshi

झापा । सप्तकोशी नदीमा लगातार दुई दिनदेखी परेको वर्षाको कारण पानीको सतह बढेसगै उच्च वहाव समेत बढदो क्रममा रहेको छ । सप्तकोशी नदीमा पानीको सतह बढदै गएकाले कोशी व्यारेज कन्ट्रोल रुमले उच्च सुरक्षा सर्तकता अपनाउदै ५६ वटै ढोकामा उच्च निगरानी राखेर कर्मचारीहरुलाई अर्लट गराएर राखेको छ ।

आज बिहान ९ बजे गरिएको मापनमा १ लाख ५९ हजार ९ सय ४० क्युसेक प्रति सेकेण्ड पानीको वहाव रहेको छ । पानीको वहाव बढेसगै पुर्व तर्फका ढोकाहरु खुल्ला गरि कोशी वेसिनका कर्मचारीहरुले पानीको सतह बण्दै गएपछि कन्ट्रोल रुम मार्फत कोशी परियोजनालाई ताजाको अवश्थाका अवश्थाका बारेमा जानकारी गराउन थालेका छन ।

सप्तकोशी नदीमा बालुवाको मात्रा बढी भएकाले साना ठुला टापुहरुका कारण थोरै पानीमा समेत पानीको सतह बढनाले कोशी व्यारेजका ढोकाहरुमा असर पुग्ने देखिएपछि गत वर्ष ५६ वटै ढोकाहरु खोलिएको थियो ।

जल तथा मौसम विज्ञान विभागले आगामी केहीदिन कोशी नदीमा बहाव बढ्ने जनाउदै आकस्मिक बहाव हुन सक्ने, कोशी नदीको तटिय क्षेत्र र तराईको भु–भागको तटिय क्षेत्रमा उच्च सतर्कता अपानउन आग्रह गरेको छ

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार