हल्दिबारी सम्बाददाता- झापा /
“राष्ट्रिय जनतान्त्रिक गठबन्धन” द्वारा संचालित राष्ट्रबचाउअभियान को दबाबमुलक राष्ट्रब्यापी आन्दोलन एवं जनजागरणको पूर्व घोषित कार्यक्रम अन्तर्गत सोमबार सडकमै धान रोपेर बिरोध जनाएका छ्न ।
राष्ट्रिय धान रोपाइ दिवसको उपलक्ष्यमा गठबन्धन कै दल लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा (लोकतान्त्रिक) को नेतृत्व एवं उत्साहजनक जन-सहभागितामा धनकुटा जिल्लाको हिलेमा सडकमै धान रोपी सरकार र ब्यवस्थाको सांकेतिक विरोध गरेका हुन ।
सम्पूर्ण क्रान्तिकारी सह-योद्धा मित्रहरूलाई धन्यवाद एवं बधाई दिदै सम्पन्न”राष्ट्रिय जनतान्त्रिक गठबन्धन” द्वारा संचालित राष्ट्रबचाउअभियान मार्फत पूर्व-घोषित दोस्रो चरणको देशव्यापी आन्दोलनका कार्यक्रमहरुमा उल्लेखनीय उत्साहजनक स्वस्फूर्त जनसहभागिताका लागि सबैलाई अध्यक्ष तामाङले धन्यवाद दिएका छ्न ।
अब नेपाल बचाउने अभिभारा, दायित्व, कर्तब्य र जिम्मेवारी आम नेपालीको काँधमा आईपरेको यथार्थलाई हामी सबैले आत्मसात गर्नैपर्ने हुन्छ, नेपाल रहे मात्र हामी नेपाली रहन्छौँ सबैलाई चेतना भया उनले सो कुरा आफ्नो सुभकामना मन्तव्य भनेका छ्न ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार