अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडौंमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ । गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने गर्छ । वरिष्ठ कृषिविज्ञ डा। केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । ‘काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन। डा. बूढाथोकीले भने ।

अफ्रिकी मुलुकबाट भारतमा आएको सलहले भारतमा हजारौं हेक्टरका खेतको बालीनाली तहसनहस पारेको थियो । सलहलाई हटाउन भारतमा थाल ठटाउने, बिसादी छर्ने आदि कामहरु भएको थियो भने कुखुराको दानाको लागि सलह निकै प्रोटीनयुक्त भएकोले केही मानिसहरूले सलह पक्रेर जम्मा गर्ने पनि गरेका थिए । पाकिस्तानमा त सलह जम्मा गरे सरकारले पैसा दिने भनेर घोषणा नै गरेको थियो ।

नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ । पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार