कमला भट्टराई , झापा । झापाको गौराहदमा बाबुको मृत्युपछि १३ दिने काजकिरियामा छोरी बसेकी छन् । गौराहदह नगरपालिका–१ का ९० वर्षीय डा.जगतबहादुर बस्नेतको १३ दिने काममा उनकी छोरी कविता बस्नेत बसेकी हुन ।

डा.बस्नेतको एकमात्र सन्तान छोरी भएकाले उनैले काजकिरिया गरेको आफन्त ईन्द्र ढुङ्गेलले बताए । भारतको कोलकत्ताको सरकारी अस्पतालमा सेवानिवृत्त भएका ढुङ्गेलले जानकारी दिए ।

सेवापछिको जीवन भने बस्नेतले झापाको गौराहदमा बिताइरहेका थिए । बाबुको काममा छोरीलाई समाजले बस्न लगाएको ढुङ्गेलले बताए ।

मृतकका भारतमा रहेका दाजुभाइ कोरोनाका कारण आउन नपाएको पनि उनले जानकारी दिए । मृतककी श्रीमतीको केही वर्षअगाडि नै मृत्यु भइसकेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार