कमला भट्टराई , भद्रपुर। आजबाट छठ पर्व सुरु भएको छ । पहिलो दिन आज ब्रतालुले ‘नहाय–खाय’ विधि गर्नेछन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न छठ पर्व मनाइन्छ ।
सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो दिन ब्रतालुले हातगोडाका नङ काटेर स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् । यसलाई मिथिलामा ‘नहाय–खाय’ भनिन्छ । दोस्रो दिन पञ्चमी तिथिका दिन दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् ।
यसलाई ‘खरना’ भनिन्छ । मुख्य दिन निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिइन्छ । षष्ठीको रात सूर्यदेव र षष्ठीमाता को आराधना गर्दै घाटमै रात बिताउने चलन छ ।
यद्यपि यसपालि कोभिड–१९ संक्रमणको जोखिमले धेरैजसो ब्रतालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्न प्रशासनले आग्रह गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार