काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्ड– नेपाल समूह अहिले पखेँटा आएको कमिला जस्तै भएको बताएका छन् । काठमाडौंको बबरमहलमा आयोजित सुदूरपश्चिमका ओलीपक्षीय कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले यसो बताएका हुन् ।

‘कमिलालाई काल आयो भने पखेँटा पलाउँछ रे,’ ओलीले भने, ‘अहिले यीनिहरुको पनि पखेँटा पलाएको छ । त्यसैले त फुरफुर गरिरहेका छन्, सडकमा जे सुकै बोल्दै हिँडिरहेका छन् ।

’प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा दुई पक्षमा विभाजित भएको छ ।विभाजित भएसँगै ओली समूह र प्रचण्ड–नेपाल समूहले एकअर्कालाई कटाक्ष गरिरहेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार