कमला भट्टराई -भद्रपुर/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश १ को संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको छ । नेकपा संसदीय दलको नेता तथा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड– माधव समूहले दलको नेतामा आचार्यलाई चयन गरेको हो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । संसदीय दलभित्र पनि अविश्वासको प्रस्ताव दर्ता भएकाले दलको नेताबाट निष्कासन गरी भीम आचार्यलाई चयन गरेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएका छन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बुधबार बसेको बैठकले दलको नेताबाट राईलाई हटाएर बहुमत सदस्यले भीम आचार्यलाई दलको नेतामा चयन गरेको पत्र बिहीबार बिहान दर्ता भएको हो । दलका उपनेता टङ्क आङ्बुहाङले प्रदेश १ प्रदेशसभा सचिवालयमा दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको जानकारी गराएका हुन् ।

पत्रमा ३६ जनाको हस्ताक्षर छ ।यसअघि अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर थियो । हस्ताक्षर गर्ने सांसद कला घले ओली पक्षमा लागेकी छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार