तत्कालिन माओवादीको तर्फबाट संविधान सभा सदस्य समेत निर्वाचित भइसकेका ढुंगेल अहिले आएर प्रचण्डको साथ छाड्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीका पक्षमा उभिएका हुन्।

प्रचण्ड धोकेवाज निक्लिएको भन्दै ढुंगेल ओलीको पक्षमा खुलेको बताइएको छ। जनक्रान्ति तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई प्रचण्डले धोका दिएको उनको निष्कर्ष छ।

ढुंगेलका निकट मानिने नेताहरुका अनुसार ढुंगेल प्रचण्डले उठाएको पछिल्लो कदमबाट सन्तुष्ट छैनन्। प्रचण्डले उठाएका कदम अवैज्ञानिक र अराष्ट्रवादी रहेको उनको बुझाई छ। प्रचण्डको कदमका कारण देशमा अस्थिरता निस्कने निष्कर्ष सहित उनी ओली पक्षमा खुलेको बताइन्छ।

२०६४ को संविधानसभा निर्वाचनमा ढुंगेल ओखलढुंगाबाट निर्वाचित भएका थिए। टारकेराबारी पोकलीका उज्जनकुमार श्रेष्ठको ह”त्या अभियोगमा सर्वोच्चले उनलाई सजाय सुनाएको थियो। जसपश्चात उनी २०७४मा कार्तिकबाट पक्राउ परेका थिए।

अदालतले १२ वर्ष ५ महिना २२ दिन जेल राख्न आदेश दिएपनि ढुंगेल २०७५ को गणतन्त्र दिवसको अवसरमा जेलमुक्त भएका थिए। ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनका आधारमा कैदीलाई छाड्न सक्ने प्रावधानमा टेकेर उनलाई जेलमुक्त गरिएको थियो।

त्यसयता उनी राजनीतिमा खासै सक्रिय थिएनन्। यधपी ढुंगेल नेकपा ओली पक्षले महाधिवेशन आयोजक कमिटीका सदस्यमा नियुक्त गरिसकेको छ। ओखलढुंगाको पश्चिमी भेगमा राम्रो पकट रहेका ढुंगेल ओली पक्षमा खुलेपछि प्रचण्ड पक्षलाई कडा धक्का लागेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार