हल्दिवारी । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेका छन् ।नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न लागिरहँदा ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका आक्रमण गरेका हुन् ।

अमेरिकी संसद्मा गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनको प्रमाणीकरण गर्न कङ्ग्रेस बैठक बसिरहेको थियो । संसद् बैठक भइरहेकै बेला राष्ट्रपति ट्रम्पद्वारा उत्साहित सयौँ समर्थकहरूले उक्त भवनमा हमला गरेर हङ्गामा गरेका थिए । उक्त हिंसा सुरु भएको घण्टौँपछि राष्ट्रपति ट्रम्पले भिडिओ जारी गरेर समर्थकहरूलाई घर जान भनेका थिए ।

अमेरिकी राष्ट्रपति चुनिएका जो बाइडनले अमेरिकी लोकतन्त्रमाथि अभूतपूर्व हमला गरिएको बताएका छन् । उनले अमेरिकालाई विश्वले हेरिरहेको बताउँदै त्यसले आफूलाई स्तब्ध पारेको बताए। उनले भने, ूयो अराजकता हो। यो उथलपुथल हो। यो देशद्रोहको नजिकको कुरा हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार