हल्दिबारी न्यूज,डेक्स- चन्द्रगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित आठ जना प्रदेशसभा सदस्यलाई स्पष्टिकरण सोधेको छ ।ओली समूहले प्रचण्ड माधव समूहका १६ सांसदलाई कारवाही गरेको एक सातापछि बुधबार प्रचण्ड– माधव समूहले मुख्यमन्त्री राईसहित आठ जनालाई स्पष्टिकरण सोधेको हो ।

पार्टीको संसदीय दलको बैठकमा उपस्थित नभएको, पार्टी र दलको विधानविपरीत काम गरेको भन्दै मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री, हिक्मत कार्की, भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, नेकपा संसदीय दलको प्रमुख सचेतकबाट हटाइएका बुद्घिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य ईन्द्रमणि पराजुली, विमल कार्की र अम्बिका थापालाई स्पष्टिकरण सोधेको हो । स्पष्टिकरण सोधिएका सबै ओली समूहका हुन् ।
ओली पक्षकै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसीयतलाई भने स्पष्टिकरण सोधिएको छैन । ओली समूहले गत बिहीबार प्रचण्ड–माधव समूहका १६ जनालाई निलम्बन गरेको थियो । एक सातापछि मुख्यमन्त्रीसहित आठजनालाई स्पष्टिकरण सोधेको प्रचण्ड–माधव समूहले पनि निलम्बनको तयारी गरेको छ ।
‘उहाँहरुले पार्टीको संसदीय दलको विधानविपरित काम गरेकाले २४ घण्टे स्पष्टिकरण सोधेका छौँ,’ नेकपा संसदीय दलका उपनेता टङ आङबुहाङले भने, ‘निलम्बन पनि हुन सक्छ ।’ यसअघि प्रचण्ड–माधव समूहले संसदीय दलको नेताबाट राईलाई हटाई भीमप्रसाद आचार्यलाई दलको नयाँ नेता चयन गरेको थियो ।-देशबन्धु
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार