हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। प्रतिनिधि सभा। गैरसम्बैधानीक विघटन गरिएको विरोधमा शनिवार हुने नेपाली कांग्रेस देशव्यापी विरोध प्रर्दशनको धरानमा व्यापक तयारी शुरु गरिएको छ । कांग्रेसले पुस २५ गते शनिवार सातै प्रदेशको ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र सभा आयोजना गर्दैछ ।

यसैगरी माघ ३ शनिवार र माघ ८ शनिवार देशभरका ७५० नगरपालिका, ६,७४३ वडाहरुमा विरोध प्रदर्शन र सभा गर्दैछ । कांग्रेस केन्द्रिय समितिको असम्बैधानिक विघटनको विरोध गर्ने कार्यक्रम अनुसार सुनसरी–१ को प्रदेश सभा क मा तयारी थालिएको हो । कांग्रेसका युवा नेता गएको चुनावमा प्रदेश सभाका प्रत्याशी किशोर राईका अनुसार बुधवार प्रदेश सभा क क्षेत्रिय समितिको विस्तारित भेलाले शनिवार गरिने विरोध प्रदर्शनलाई वृहत बनाउने निर्णय गरेको छ ।

भेलामा प्रदेश सभा क क्षेत्रिय समिति तथा सम्बद्ध वडा समिति, मतदान केन्द्र प्रतिनिधि, नगर समितिका सदस्यहरु, जिल्ला सदस्यहरु, केन्द्रिय सदस्य, महासमिति सदस्यहरुको भेलाले विरोध प्रदर्शनमा व्यापक जनसहभागीता जुटाउने तथा सभाको कार्यक्रम निर्धारण गरेको छ । निर्धारित कार्यक्रम अनुसार विरोध प्रदर्शनका लागि पार्टी कार्यालय अमान बजारमा दिउँसो साढे १२ बजे भेला हुने समय र स्थान निश्चित गरेको छ ।

विरोध जुलुस अमन बजार बाट छाता चौक, सिंहदेवी चौक, भाछा भौडी हुँदै भानुचौकमा पुगेर सभामा परिणत हुने बताइएको छ । विरोध प्रदर्शन व्यवस्थित गर्नका लागि प्रदेश सभा क क्षेत्रिय सभापति धनबहादुर कटुवालको संयोजकत्वमा ५ सदस्यिय आयोजक समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा सुदिप उप्रेती, नविन ढकाल, देउमान लिम्बु र सुवर्ण पलिखे सदस्य रहेका छन् ।

विस्तारित भेलामा सुनसरी–१ संसदीय निर्वाचन क्षेत्रीय सभापति शुरेसमा श्रेष्ठ, प्रदेश सभा सांसद चन्द्रप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए ।- दिनेश कार्की

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार