हल्दिबारी न्यूज डेक्स- चन्द्रगढ़ी। प्रतिनिधि सभाको असम्बैधानिक विघटनको विरोधमा जनता समाजवादी पर्टीले धरानमा माघ ३ गते शनिवार बृहत विरोध प्रदर्शन गर्ने भएको छ ।

जसपाको विहीवार धरानमा बसेको बैठकले वृहत प्रदर्शनका लागि धरान सहित इटहरी, इनरुवा, बराहक्षेत्र, उदयपुर, धनकुटा लाई समेत समेट्दै समितिहरु गठन गरेको हो । विरोध प्रदर्शनका लागि आवश्यक श्रोत जुटाउन पार्टीका केन्द्रिय सदस्य डा. खालिद हुसेन हक संयोजक रहेको आर्थिक समिति गठन गरिएको छ ।

समितिका सहसंयोजकमा केन्द्रिय सदस्य दुर्गामाया लिम्बू छन् । सदस्यहरुमा ध्रुब सुब्बा इटहरी, सन्तोष मेहेता इनरुवा, केन्द्रिय सदस्य उमेश थापा, रन्जित गोस्वामी दुहबी, बिना पुमा राई, नरेश थापा, मिलन राई धरान रहेको उक्त पार्टीले जनाएको छ । केन्द्रिय सदस्य सुनिता मरिकको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ ।

११ सदस्य रहेको सदस्यहरुमा हंस साह, तारा पोखरेल, अनुप सुब्बा, नरेश बिक, प्रदिप कार्की, चन्दन रौनियार, निमा पोङ्स्युवा, बिनाडि तामाङ, सुर्य नारायण यादब, दिपेन्द्र यादब रहेका छ्न । केन्द्रिय सदस्य पदम अधिकारीको संयोजकत्वमा जनपरिचालन उपसमिति गठन गरेको छ । समितिको सदस्यहरुमा सुनसरीका केन्द्रिय परिषद सदस्यहरु, प्रदेश समिति सदस्यहरु, राष्ट्रिय समिति सदस्य पदाधिकारीहरु, जिल्ला समितिका अध्यक्ष, सुनसरीका स्थानीय अध्यक्षहरु, सुनसरीका केन्द्रिय समिति र प्रदेश समितिका भातृ संगठनका सदस्यहरु रहेका छन् ।

यसैगरी धनकुटा र उदयपुर जिल्लाका अध्यक्षहरु, बेलका नगरसमितिका अध्यक्ष, सागुरिगढी र चौबिसे नगर समितिका अध्यक्ष पनि जनपरिचालनमा समितिमा रहेका छन् । मुल ब्याबस्थापन समितिको सदस्य सचिब केन्द्रिय सदस्य जेन्टल लावति रहेका छन् । सदस्य सचीव धरान नगर समितिका अध्यक्ष ताजुप लिम्बु रहेका छन् ।-देशबन्धु कौशिक

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार