काठमाडौं २४ पौष । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भुमि फिर्ता ल्याउने दावी गरेका छन् । आफ्नो समुहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न धनगढी पुगेका ओलीले लिम्पियाधुरा , लिपुलेक र कालापानी नेपालके भएको खावी गर्दै आफ्नो भुमि सुरक्षीत राख्ने बताएका हुन्

सुगौली सन्धप्पछि पनि हामीले लिपुलेक , लिम्पियाधुरा र कालापानीको भुमि भोगचलन गरेको स्मरण गराउँदै ओलीले सभालाई सम्बोभन गर्दै भने, ‘५८ वर्षदेखि प्रयोग गर्न नपाएको भुमिलाई संविधानमा समावेश गरेका छौं, नक्सा पनि जारी गयौं’ ।

आफ्नो कार्यकालमा ४ हजार ५ सय किलोमिटर सडक बनाएको दावी गरेका ओलीले प्रदेशको सरकारको प्रभावकारी काम भए विकासको लागि केन्द्रबाट बजेटको कमी नहुने स्पष्ट पारेका छन् ।

सम्बोधनमा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न समेत आग्रह गरेका छन् ।पार्टीको बैठक छोडेर सडकमा आउनेहरुले संसद विघटन असंवैधानिक भनेर हल्ला चलाइरहेका छन्। म तिनीहरुलाई संविधान दोहोर्याएर पढ्न आग्रह गर्दछु ,ओलीले भने ।

‘ ६४ प्रतिशतको सर्वसम्मतको प्रधानमन्त्री मै हो मैले विघटन भइसक्यो भनेपछि अब प्रतिनिधिसभा चुनाव बाट आउँछ। केपी अ‍ोलीले चुनाव गराउँदैन भनिरहेका छन्। म फेरी भन्छु चुनाव बैशाख १७ र २७ गते नै हुन्छ। चुनाव दुई चरणमा तोकेको छु। वैशाख १७ गते शुक्रबार २७ सोमबार दुई दिन हुन्छ। चुनाव हुन्छ। चुनावमा लाग्नुस्’ ओली भन्छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार