पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्‍नी सीता दाहालको उपचार प्रक्रिया अघि बढाएर शनिबार स्वदेश फर्केका छन् । उनी चार दिन मुम्बईमा रहेर शुक्रबार साँझ दिल्ली आइपुगेका थिए । दिल्लीमा एक रात बसेर उनी शनिबार अपरान्ह काठमाडौं ओर्लेका हुन् ।

उनी नेपाल एअरलाइन्सको नियमित उडान ९आरए २०५२० बाट काठमाडौं आएका हुन् । उनले श्रीमतीको हेरविचारका लागि छोरी गंगालाई त्यहाँ छोडेर शनिबार दिल्लीबाट काठमाडौं फर्केका हुन । उनी स्वदेश फर्कने क्रममा शुक्रबार साँझ नै दिल्ली आइपुगेका थिए । उनी एअरपोर्ट नजिकको होटल आइसिटी मौर्यमा बसेका थिए ।

उनले सामान्य राजनीतिक भेटघाटहरू गरे पनि बाहिर सार्वजनिक गरिएको छैन । यद्यपि उनले दिल्लीमात्र होइन मुम्बईमा रहँदा पनि राजनीतिक भेटघाट गरेका थिए । उनलाई महाराष्ट्रका राज्यपाल भगतसिँह कोश्यारी र केही अन्य पुराना नेताहरूले अनौपचारिक भेट गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार