हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी।मौसममा केही परिवर्तन भएर आज (मंगलबार) मुलुकका पहाडी जिल्लामा केही बदली हुने र तराईका जिल्लामा बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको अनुमान गरिएको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार तराईका भूभागहरूमा बाक्लो हुस्सु लाग्ने सम्भावना छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको । बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण पहाडमा मौसम बदली हुने अवस्था आएको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै यी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।-देवेन्द्र किशोर

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार