काठमाडौंमा फेरि बर्डफ्लु भेटिएको छ । तारकेश्वर नगरपालिकाको साङ्लेखोला छापका किसानले पालेका हाँसमा विहीवार बर्डफ्लु पुष्टि भएको हो । साङ्लेखोला छापका किसान प्रल्हाद तामाङ र उनका छोरा सुमनले पालेको हाँसमा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले जानकारी दिए ।

केही दिनअघि स्थानीय किसानले पालेको हाँसको नमुना त्रिपुरेश्वरको प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि बर्डफ्लु भएको पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएसँगै ‘र्‍यापिड रेस्पोन्स टिम’ ले एक हजार चार सय हाँस र ६५ कुखुरा नष्ट गरेको छ । बर्डफ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइसकेको प्रवक्ता सापकोटाले बताए ।

केही दिनअघि तारकेश्वर ७ को साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएपछि १८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार