भारत यदि , आदिपुरुष भए
बालेन लाई , महापुरुष बन्नैपर्छ।
सीतामाता यदि , भारतका भए
ग्रेटर नेपालको नक्सा , अब खोल्नैपर्छ।।

के दुश्मनी छ र , भारतको हामीसँग
उसको ईशाराले किन , सधै चल्नैपर्छ।
अंग्रेजका युद्धमा, नहारेका हामी वीर गोर्खाली
ऊ बदल्यो भने , हामी पनि बदल्नु पर्छ।।

आदिपुरुषले गरे किन , हामीमा धर्मयुद्ध?
राजा जनक भए , नेपालीले न्याय पाउनुपर्छ ।
देशमै भए हाम्रो , यो देशको राष्ट्रियता ,
शीर नझुकाई , देशकै लागि उठाउनै पर्छ ।।

तर, सत्तामा छन यहाँ , जालीपुरुषहरु
देशको सिमाना बेचेको , हो कि? खुल्नैपर्छ।
ओझेलमै बस्नु कति , लिई सीमा बिबादहरु,
सत्ता बिरुद्ध जनताले , अब बोल्नैपर्छ ।।

गौतम बुद्ध पनि , हाम्रै देशको हो गहना,
शान्तिका सन्देश हामीले , देशको छर्नुैपर्छ।
सगरमाथाको शिखर जस्तो , उठिरहोस शान
देशभक्तिका महापुरुषलाई उठाई, सत्तामा भर्नैपर्छ।

जोगेन्द्र प्रसाद राजवंशी
कचनकवल -३, दल्की झापा
हाल – मलेसिया

See less
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार