हल्दिवारी गाउँपालिका ५ स्थित कन्चनश्री बजारमा आगलागी हुदा स्थानीय मायानाथ पोख्रेलको घर जलेर नस्ट भएको छ । जलथल प्रहरी प्रमुख असैइ भरत कोइरालाका अनुसार पोख्रेलको घर सहित ३० लाख बराबरको क्षति भएको छ भने एउटा गाईको बाछो समेत जलेर मरेको छ । 

आगजनी पीडित पोख्रेलले दिएको जानकारी आनुसार घरका सबै परिवार धान काट्न गएको बेला कसरी आगजनी हुन पुग्यो थाहा हुन सकेन । आगजनी बाट नगद ३ लाख ४ तोला सुन २० तोला चादी लगायत सबै नस्ट भएको छ। आगजनी नियन्त्रण गर्न भद्रपुर बाट आएको दमकल ,स्थानीय प्रहरी र स्थानीयहरुले सहयोग पुर्याएका थिए ।

घटनास्थल पुगेका हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेनले तत्काल गाउँ पालिकाबाट राहत सहयोग गर्ने बताउनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार