हल्दिवारी १ मा हुने बिकास निर्माणको काम गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिक्मत बहादुर कार्कीको पहलमा रु ८५ लाख बराबरको बजेट विनियोजित गरिएको वडा नम्बर १ अध्यक्ष त्रिलोचन सापकोटाले बताउनु भएको छ ।

अध्यक्ष सापकोटाको एकल प्रयासमा प्रदेश सरकार बाट उक्त रकम विभिन्न कामको लागी विनियोजन भएको हो । अध्यक्ष सापकोटाका अनुसार छिट्टै केन्द्रिय सरकार मार्फत पनि जनजागृती मावी लगायतको भौतिक सुधार गर्न २ करोड भन्दा बढीको बजेट उपलब्ध हुन लागेको बताएका छ्न ।

प्रदेश सरकार बाट कुनकुन शीर्षकमा कति बजेट विनियोजन गरिएको छ । – गोलधाप बजार ढल निर्माण : १० लाख – गोलधाप बजार भित्र सडक निर्माण : १० लाख – जनजागृती मावी दछीण लाटी होलि जान सडक ग्राभेल गर्न : १० लाख – नुनथला कभर्डहल लाई : १५ लाख – गोलधाप खानेपानीलाई : ४० लाख उक्त बजेट सहरी बिकास मन्त्रालय तथा पुर्वाधार बिकास मन्त्रालय बाट विनियोजन भैइ हल्दिवारी गाउँपालिका वडा नम्बर १ लाई उपलब्ध हुन लागेको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार