काठमाडौं । पूर्वयुवराज पारस शाह पछिल्लो समय कुनै न कुनै विषयले चर्चामा आइरहेका छन् । 

सोनिका रोकायासँगको निकटताले होस् या ‘राजावादी’ नभनी नेपाली भन्न दिएको सुझावले उनी पछिल्लो समय चर्चामा आएका हुन् । 

यही बेला अहिले उनको एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त तस्विरमा उनी सडकपेटीमा बसेका छन् । उनको साथमा दुई जोगी र एउटा कुकुर देखिन्छ । 

पूर्वयुवराजसहित दुई जोगी हँसिलो मेद्रामा देखिएका छन् ।

तर, यो तस्विर कहाँ र कहिले खिचेको हो यसबारे केही खुलिसकेको छैन ।

 सार्वजनिक यो तस्विरमा उनीहरु भूइँमै बसेका छन्, केही ओछ्याइएको छैन । पारस अगाडि एउटा मोबाइल देखिन्छ ।

 परास र दुई जोगीले अगाडि हेरेका छन्, जसको अनुमान लगाउन सकिन्छ, उनी फोटो खिच्दा पोज दिइरहेका हुन् । 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार