दयानन्द गोस्वामी

तिमी को हौ भन ! हृदयको पराधीनता?
सम्पूर्ण स्वतन्त्र परिवेश हनन भई रहँदा,

जीवनका ती परिबन्धित पलहरुमा पनी
स्वच्छन्द फूलहरू भाँति फक्रि रहन्थ्यौ,

संध्या को त्यो लालिमा हांँसेको देख्दा
उस्का आश्रित किरण हरु अविच्छिन्न,

विम्बहरू प्रतिविम्बित हुँदै उठदै गर्दा
सारा श्रद्धाले प्रति उत्तर दिई रहन्थ्ये,

यति नहोस चमत्कार यो ब्रम्हाण्ड को
ताकि श्रृष्टि को विधान नै अवरुद्ध होस,

गगन चुम्बी भयंकर हिम श्रृंखला बाट
आर्तनाद कलरब कोलाहल गर्दा गर्दै,

विद्युतको प्राणमयी त्यो अविरल धारा
प्रवाहित भै रहन्थ्ये अति उन्माद रहँदा,

आनन्द शिखर प्रति आकर्षण बढदै गर्दा
स्पर्स को लागी म लालायित भई रहन्थ्यें,

मेरा दुर-दृष्टिहरू टाढा सम्म ओझल हुँदा
परिहासमय कलरबहरू गुन्जी नै रहन्थ्ये,

मनका शब्दहरु भाषाको रूप बनी रहँदा
ति सारा तरंग हरु अधर सम्म रुक्दैन थ्ये,

तिमी को हौ भन ! हृदयको पराधीनता ?
सम्पूर्ण स्वतन्त्र परिवेश हनन भई रहँदा,

जीवनका ती परिबन्धित पलहरुमा पनी
स्वच्छन्द फूलहरू भाँति फक्रि रहन्थ्यौ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार