हल्दिवारी गाउपालिकाले प्रोत्साहन सोरुप किसानलाई सुत्केरी भत्ता दिने गरेको पशुशाखा प्रमुख सानुमाया श्रेष्ठले जानकारी गराएकी छ्न । गाउँपालिकाले दुग्ध उत्पादन बडाउनको लागि कृतिम गर्भधारण ( उन्नत नक्सल सुधार ) योजना किसानका लागि अगाडि बडाएको जनाएको छ ।

कृतिम गर्भधारण गराई गाई भैंसी सुत्केरी भएपछि किसानले सुत्केरी भत्ता बापत नगद १ हजार पाउने गरेका छ्न । गाउँपालिकाले कृतिम गर्भधारण गराई शुपालन किसानलाई दुग्ध उत्पादन गरि आत्मा निर्भर बन्न गत मङ्सिर देखि सुत्केरी भत्ता योजना कार्वनयिनमा ल्याएको र यहि असार २२ सम्ममा २७५ जनाले सुत्केरी भत्ता लिएको पशुशाखा प्रमुख श्रेष्ठले बताएकी छ्न ।

श्रेष्ठका अनुसार ०७५/०७६ मा ११९७ तथा ०७६/०७७ को भदौ ५ सम्ममा २७ किसानले आफुले पालेका गाई भैसिलाई कृतिम गर्भधारण गराएका छ्न । गाउँ पालिकाले किसानको जीवन उकास्ने योजना अन्तरगत गत आर्थिक बर्षमा ” हल्दिवारीको बाचा झापा भरी माछा ” भन्ने कार्यक्रम अन्तरगत ६० लाख विनियोजन गरि बितरण गरेको पाइन्छ भने मासुमा आत्मनिर्भर गर्न उन्नत जातको बोयर जातको ५० हजार देखि १ लाख सम्मका बोका समेत १७ किसानलाई बितरण गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार