चर्चित रियालिटी सो भ्वाइस अफ नेपाल सिजन–२ मा प्रतियोगी २२ हजार मध्य सुमधुर स्वरका कारण दर्शक र निर्णाएकको मन जित्दै झापाको बिर्तामोडका २३ बर्षिय राम लिम्बुले टप ४ मा स्थान ओगटन सफल भएका छन ।

उनी सँगै बिकास लिम्बु , आरिफ रौफ, र सानीश श्रेष्ठ पनि छनौट मा पर्न सफल भएका छन ।भोटिङ्ग आगामी शुक्रबार बेलुका कार्यक्रम शुरु भएसँगै बाट शुरु हुनेछ ।

 झापाको हल्दिबारीमा जन्मिएका राम हाल बिर्तामोडका स्थायी बासिन्दा हुन् बिर्तामोडमा बिगत ५ बर्ष देखि सांगीतिक क्षेत्रमा सकृय नेपालिसियन ब्याण्डका भोकलिस्ट समेत रहेका उनी आफ्नो सांगितिक यात्रालाई यहा सम्म आप्नै स्वरको चमात्कार देखाउदै पुगेका हुन ।

कार्यक्रम शुक्रबार र शनिबार बेलुका ८ बजेबाट प्रशारण हुदै आइरहेको छ ।उनलाई चाहानेले भोटिङ्ग गर्ने कोड ०८ टाईप गरि ३७००० नेपालको लागी विदेश बाट भोटिङ्ग गर्नको लागी Prabhupay App डाउनलोड गरेर पनि भोटिङ्ग ब्यवस्था गरिएको छ

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार