हिमालयन टेलिभिजनमा प्रशारण हुदै आईरहेको चर्चित रियालिटी सो भ्वाइस अफ नेपाल सिजन–२ मा आफुलाई अब्बल साबित गर्दै लाईभ राउण्डमा झापाका २३ बर्षिय राम लिम्बुले प्रवेश पाएका छन् ।

टिम प्रमोदमा रहेका उनको लोभ लाग्दो गायन कलाले दर्शकको मन जित्दै टप १२ सम्म पर्न सफल भएका हुन् । झापाको हल्दिबारीमा जन्मिएका राम हाल बिर्तामोडका स्थायी बासिन्दा हुन् ।

 

Image may contain: 1 person

बिर्तामोडमा बिगत ५ बर्ष देखि सांगीतिक क्षेत्रमा सकृय नेपालिसियन ब्याण्डका भोकलिस्ट समेत रहेका उनी आफ्नो सांगितिक यात्रामा सिनियर दाई आशिष बुढाथोकीसँग सहकार्य गरेको बताए ।

 

ग्लोरी स्कुलमा कक्षा १० सम्मको अध्ययन पश्चात् बाल्मिकी प्रोभिडियन्स कलेजमा अध्ययनरत उनी पूर्वबाट रियालिटी सोहरुमा सफलता पाउन नसकिरहेका अवस्थामा आफुले दर्शकको भरपुर साथ सहयोग पाउनेमा आशाबादी रहेका छन् ।

 

भोटिङ्ग आगामी शुक्रबार बेलुका कार्यक्रम शुरु भएसँगै बाट शुरु हुनेछ । कार्यक्रम शुक्रबार र शनिबार बेलुका ८ बजेबाट प्रशारण हुदै आइरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार