काठमाडौँ। राजधानीमा राष्ट्रिय संगीतकर्मी संघको १४औं साधारणसभा सम्पन्न भएको छ।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संघका राष्ट्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीको अध्यक्ष तथा सांसद प्रलाद लामिछानेको प्रमुख आतित्थ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो। प्रमुख अतिथि लामिछानेले साँस्कृतिक पक्षबाट परिवर्तन हासिल गर्नमा ठूलो योगदान रहेको स्मरण गराएका थिए।

त्यस्तै संघका अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा संगीतकर्मीको नीजि आवास निवार्ण गरेर छोड्ने दाबी गरेका छन्। उनले भने,‘म यस संस्थाको केन्द्रीय अध्यक्ष भएदेखि नै भनेको थिए, हाम्रो संस्थाको नीजि आवास निमार्ण गरिने छ। हाम्रो टिमले यो काम गर्ने प्रण गरेको छ।’

कार्यक्रमा विभिन्न क्षेत्रका व्यक्तिहरूले संघको १४औं साधारण सभा सम्पन्नताका लागि शुभकामना दिएका थिए। शुभकामना दिने क्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघका नि:वर्तमान केन्द्रीय सचिव कृपाराम धमलाले साँस्कृतिक आन्दोलनबाट मात्रै परिवर्तन सम्भव भएको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘हामी साँस्कृतिक आन्दोलनको लामो पिरियडमा जुट्यौं। सामाजिक परिवर्तनका लागि साँस्कृतिक आन्दोलन अपरिहार्य हुन्छ। हामीले विगतको भोगाइबाट यो महसुस गरेका हौँ। अझैं पनि हामी संगीतकर्मीहरूको योगदान अनुसार राज्यमा उपस्थिति देखिएको छैन। अब पनि हामी एकजुट हुन सकेनौं र छिन्नभिन्न बन्यौं भने हाम्रो अवस्था कम्जोर हुन्छ। सबै संगीतका सारथीहरू एकजुट भएर अगाडी बढ्नका लागि अनुरोध गर्न चाहन्छु।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार