जलथल १४ पौष । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ मा व्यसाय सचेतना ,सुरु (TOPE/ TOSE) ,लैङ्गकिसमानता तथा सामाजिक समावेशीकरण ७ दिने तालिम शुरु भएको छ।

वडा अध्यक्ष होमप्रसाद चुडालको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथी चुडाल ,वडा सदस्य महेसलाल मेचे ,झापा प्राविधिक शिक्षालयका विनोद आचार्य , कार्यक्रम संयोजक देवकला राईले मन्तव्य राख्नु भएको छ ।

हल्दिवारी गाउँपालिका वडा नम्बर ४ को सहजीकरणमा संचालित उक्त तालीम झापा प्राविधिक शिक्षालय बिर्तामोडले आयोजना गरेको हो । उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय ,घरेलु तथा साना उद्योग कार्यलय झापाको आर्थिक सहयोगमा तालीम संचालन भएको तालीम प्रशिक्षक मन्दिरा किस्कुले जानकारी दिनुभयो ।

हल्दिवारी ४,५ वडाका २५ जनाले १३ गते देखि २० गते सम्म तालीममा सहभागीता जनाएको आयोजकले जानकारी दिएका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार