सुनसरी । वलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालयले सोमबार बिहान पक्राउ परेका श्रीराम तारकब्रम्हा पीठ चतराधामका पीठाधिस डा. बैष्णव कृष्णदासजी महाराज जगतगुरु रामानन्दाचार्यको भनिने कृष्णबहादुर गिरीलाई ४ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई सुनसरी जिल्ला अदालतले म्याद दिएको छ ।

सुनसरी जिल्ला अदालतबाट शुक्रवार पक्राउ पुर्जि जारी गरिएका कृष्णदास गिरीलाई सुनसरी प्रहरीले सोमबार इनरुवा अस्पतालका चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गरेर अदालतमा पेश गरे पछि जिल्ला न्यायधिस धर्मराज पौडेलको इजलासले सो आदेश दिएको हो ।

बिराटनगरस्थित बिराट नर्सिङ होमबाट एम्वुलेन्समा हालेर उनलाई अक्सीजनमा राखी ल्याईएकाले अदालतमा उपस्थीत गराउदा समेत प्रहरीले एम्वुलेन्समा राखेर लगेको थियो ।प्रहरीलाई सुनसरी जिल्ला अदालतका न्यायधिस धर्मराज पौडेलको इजलासले उनको स्वास्थ्य अवश्थालाई समेत मध्यनजर गरि अस्पतालको निगरानीमा राखी अनुसन्धान गर्न आदेश दिएको हो ।

म्याद थप गरी अस्पताल लैजाने क्रममा गिरीले आफुलाई फसाउने षडयन्त्र गरिएको बताउदै भगवानले षडयन्त्रकारीहरुलाई नछाडने बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार