गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मंगलबार बिहान गुल्मीको दोहलीबाट बागलुङको देवीस्थानको लागि छुटेको जिप तुरतुरेताल अगाडि दुर्घटना भएको हो ।

नम्बर नखुलेको जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सडकबाट ३ सय मिटर तल बडीगार्ड खोलामा खसेको प्रहरीले जनाएको छ ।

बुर्तिबाङ्ग प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार एक बालक सहित १४ जनाको मृत्यु भएको छ । ३ जना घाइतेलाई अस्पताल पठाइएको छ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार