काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा क्रमशः सुधार आउँदै गएको अस्पतालले जनाएको छ । बुधबार बिहान १० बजे मनमोहन कार्डियोथेरासिक सेन्टरले बुलेटिन सार्वजनिक गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आउँदै गए पनि मेडिकल चिकित्सकको निगरानीमा रहेको जनाएको छ ।

  प्रधानमन्त्रीको गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । तर, हालसम्म पनि पेटको घाउ निको भइसकेको छैन । शल्यक्रिया गर्दाको पेटको घाउ निको नभइसकेको, रगतमा अक्सिजन र प्लेट्लेट्सको मात्रा कम भएको, सुगर पनि तलमाथि भइरहेको र नियमित डायलासिस गर्नुपर्ने अवस्था छ ।

तर, लामो समयसम्म अस्पतालमा बस्नुपर्ने भएपछि प्रधानमन्त्रीले डिस्चार्ज गर्न चिकित्सकहरूलाई आग्रह गरिरहेको बताइएको छ । तर, चिकित्सकहरूले भने बिहीबार साँझ वा शुक्रबार दिउँसोसम्म डिस्चार्ज गर्ने तयारी गरेको स्रोतले बताएको छ ।

नियमित फलोअपका लागि अस्पताल जानुपर्ने भएकाले प्रधानमन्त्री निवास बालुवाटारमै सुविधासम्पन्न चिकित्सक कक्ष निर्माण भइरहेको बुझिएको छ । जसमा प्रधानमन्त्री ओलीका लागि आवश्यक पर्ने सबै चिकित्सकीय उपकरण धमाधम फिट गरिँदै आएको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण नभएसम्म डायलासिस गर्नुपर्ने भएकाले बालुवाटारमै डायलासिस मेसिनसमेत जोडी प्रधानमन्त्री ओलीलाई २४ घन्टै चिकित्सकको निगरानीमा राखिने भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार