इनरुवा । प्रहरी निगरानीमा रहेका श्रीराम तारकब्रम्हा पीठ चतराधामका पीठाधिस डा. बैष्णव कृष्णदासजी महाराज जगतगुरु रामानन्दाचार्यको भनिने कृष्णबहादुर गिरीले उनीमाथि वलात्कारको आरोप लगाउने महिलाबिरुद्ध दायर गरेको साईबर क्राईमको मुद्दा पनि जवरजस्ती करणीको मुद्दासँगै अगाडि बढाउन सुनसरी जिल्ला अदालतले आदेश दिएको छ ।

विराटनगर स्थित विराट नर्सिङ होममा उपचाररत गिरीलाई सोमबार म्याद थपको लागि पेश गरिएकोमा जिल्ला अदालत सुनसरीले उनको स्वास्थ्य उपचारलाई जारी राख्दै अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिदा नै वलात्कारको आरोप लगाउने महिलामाथि यसअघि नै दायर साईबर क्राईमको मुद्दालाई पनि अघि बढाउन आदेश दिएको हो ।

गिरीले कार्तिक १९ गते सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै ती महिलाविरुद्ध नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएका थिए ।

प्रहरीका अनुसार अदालतले अनुसन्धानका लागि म्याद थप दिने क्रममा उनले कार्तिक १९ गते सीआईबीमा पीडित भनिएकी महिलाविरुद्ध दर्ता गरेको विद्युतीय अपराधसम्बन्धी उजुरीलाई पनि समानान्तर रूपमा अघि बढाउन आदेश दिएको हो ।

गिरी मङ्सिर ८ गते आफूविरुद्ध उजुरी परेर पछि पक्राउ पुर्जी जारी भएलगत्तै अस्पताल भर्ना भएका थिए । उनलाई सोमबार विहान करिब ४ बजे नर्सिङ होमबाट एम्बुलेन्समा राखेर इनरुवा ल्याईएको थियो । त्यही दिन इनरुवा अस्पतालमा उनको रगत र स्वाबको नमुना संकलन गरेर म्याद थपको लागि सोही दिन सुनसरी जिल्ला अदालतमा पेश गरिएको थियो ।

म्याद थपपछि गिरीलाई उनी यसअघि उपचाररत रहेकै विराट नसिंङ होममा लगिएको छ । त्यही उनको उपचार भईरहेको र प्रहरीले उनलाई निगरानीमा राखेको छ

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार