केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । मंसिर १० गते एपेन्डिसाइटिसको अपरेसन गरेका प्रधानमन्त्री ओलीलाई अस्पतालले दिउँसो ३ बजे डिस्चार्ज गरेको हो । डिस्चार्जपछि प्रधानमन्त्री ओली बालुवाटार प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले अझै केही दिन घरमै आराम गर्न सल्लाह दिएका छन् । प्रधानमन्त्री ओली अझै केही दिन सार्वजनिक कार्यक्रममा सहभागी नहुने, धेरै मानिससँग भेटघाट नगर्ने बताइएको छ । उनले बालुवाटारमै बसेर सरकारका कामकारबाहीबारे बुझ्ने भएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार