” हल्दिवारीको दृस्टी कृषि र पर्यटन मार्फत समृद्धि “

झापाको पुर्वी दक्षिणमा

प्राकृति गहनाले सजिएको

स्याहार सम्भार नहुदा

टुहुरो सन्तान जस्तो भई

धेरै आकान्छ लिई पर्खिरहेको ।

त्यो भूगोलको नाम हो ” हल्दिवारी ”

पर्खिनु पर्छ ,धैर्यता लिनुपर्छ

एकदिन त्यस्को भाग्य फिर्छ

त्यसपछि उसले ?

द्रुत गतिमा फड्को मार्छ ।

त्यस्तै पर्खाईमा पर्खिरहेको

हल्दिवारीले अब ?

असल र कुशल अभिभावक पाईसकेको छ

समृद्धि हल्दिवारी निर्माणमा

स्पष्ट दृस्टीकोण आई सकेको छ

त्यो हो ?

“हल्दिवारीको दृस्टी कृषि र पर्यटन मार्फत समृद्धि ”

आज मलाई हल्दिवारी निवासी हु भन्न गर्व लाग्छ ,

किन भने ?

हल्दिवारीले समृद्धिको मार्गमा

पाइला टेकि सकेको छ !

” हल्दिवारीको बाचा झापा भरी माछा “

भन्ने कसम खाई सकेको छ

यो नारा मात्र होइन

हल्दिवारी पुरै भ्रमण गरौ त ?

गुरु योजना निर्माण गरि

कामको शुरूवात भइसकेको छ

त्यति मात्र होईन

हल्दिवारीका महिला बिकासमा पहिला

भन्ने कार्यक्रम ल्याई

महिलाहरूलाई सम्मान गर्दै

महिला नेतृत्व विकासको सुरुवात गरिसकेको छ

महिलहरुको मनोबल माथी उठाउने कामको सुरुवात पनि

गरि सकेको छ ।

हल्दिवारी आज

देशकै नमुना स्थानीय सरकारको रूपमा

अघि बढी सकेको छ, परिचय दिइसकेको छ

महिलाहरू कम्जोर हुन्छन्

उनिहरु केही गर्न सक्दैन

भन्ने हरुलाई …….?

हल्दिवारीले गतिलो झापड हानेको छ ”

गरौं मिलाप नगरौं विलाप”

भन्ने सिद्धान्त अङ्गिकार गर्दै

जनतालाई एक सुत्रमा बाध्ने

अनि साना मसिना झमेलाबाट

मुक्त हुदै अघि बढ्न

साच्चै नै न्याय पुर्ण निर्णय गर्दै

जनतालाई सुरक्षाको अनुभुति हुने

भरपर्दो न्यायीक प्रणालीमा

सकारात्मक पाउलाहरु टेकि सकेको छ ।

त्यसैले आज मलाई हल्दिवारी निवासी हु भन्दा

गर्व लाग्छ अनि खुशी पनि

आज यहाँ कृषि र पर्यटन मात्र होईन

शिक्षा ,स्वास्थ्य ,खानेपानी

र पुर्वधार जस्ता बिषयहरुमा पनि

हल्दिवारीले फड्को मारी सकेको छ।

हल्दिवारी सरकार

साच्चिकै जिम्मेवार सरकारको रूपमा

अघि बढी सकेको छ

जनताले लिएको आशा आकाङ्क्षा पूरा गर्ने

दृढ़ सड्ढल्प गरि सकेको छ

त्यसैले मलाई हल्दिवारी निवासी हु भन्दा गर्व लाग्छ ।

जसले जहाँ बाट जे – जे भनेपनी ?

हल्दिवारी सरकारले जनताबाट

साथ सहयोग र समर्थन पाएको छ

त्यसकारण …….

हल्दिवारीको दृस्टी कृषि र पर्यटन मार्फत समृद्धि पक्कै हुन्छ हुन्छ हुन्छ …..

त्यसैले फेरि पनि घुम्न जाउ,हल्दिवारी गाउँ

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार