दिल्ली अदालतले निर्भया बलात्कार–हत्यकाण्डका दोषीलाई मृत्युदण्ड दिन रोक लगाएको छ । अदालतले निर्भयाका चार दोषीलाई मृत्युदण्ड दिने आदेशमा रोक लगाएको हो । चारै दोषीलाई मार्च ३ मा (आज) मृत्युदण्ड दिइने तयारी थियो ।

अदालतले मृत्युदण्डको सजायलाई रोक्ने फैसला सुनाउँदै आरोपी ४ जनामध्ये पवनको दया याचिका राष्ट्रपति समक्ष पेन्डिङमा रहेको समेत बताएको छ । अदालतले ४ जनामध्ये १ जनाको दयाँ याचिका पेन्डिङमा भएकोले फाँसी दिन नसकिने समेत स्पष्ट पारेको छ ।

यसअघि सोमबार पटियाला हाउस अदालतले दोषी अक्षय सिंह र पवनकुमार गुप्ताले मृत्युदण्ड सम्बन्धी मुद्दामा रोक लगाइदिन भनी दायर गरेको याचिका खारेज गरेको थियो । आरोपीहरुमाथि यसअघि पटक–पटक फाँसी दिने मिति घोषणा भएपनि अदालतले उक्त मिति सार्दै आएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार