भारतको राजस्थानस्थित भिवाडीमा आइतबार एक महिलाले आफू बस्दै आएको अपार्टमेन्टको १० औँ तलाबाट हामफालेर आत्महत्या गरेकी छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसकै दिन ३२ वर्षीया मञ्जुले आत्महत्या गरेकी हुन् । फुलबाग क्षेत्रस्थित आशियाना आँगन अपार्टमेन्टको दोस्रो तलामा परिवारसहित बस्दै आएकी उनले आफ्नी आमा, पति र दुई छोरीलाई फ्ल्याटभित्र थुनेर अपार्टमेन्टको १० औँ तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको हो ।

आत्महत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । परिवारका सदस्यहरुसँगको प्रारम्भिक सोधपुछका आधारमा छोरा नभएका कारण उनी तनावमा रहने गरे पाइएको प्रहरीको भनाइ छ ।प्रहरीका अनुसार किशनगढ निवासी पुष्कर गुप्तासँग ६ वर्षअघि उनको विवाह भएको थियो ।

आमाको एक्लो सन्तान भएका कारण मञ्जुले विवाहपछि आमालाई आफूसँगै राख्ने गरेको बताइन्छ । दुई छोरी, पति र आमाका साथ बस्दै आएकी उनी आइतबार बिहान आफ्नो फ्ल्याटको मुख्य ढोका बाहिरबाट बन्द गरिदिएर परिवारका सबै सदस्यलाई भित्रै थुनेर अपार्टमेन्टको १० औँ तला पुगेकी थिइन् ।

उनले १० औँ तलाबाट हामफालेर आत्महत्या गरेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।एजेन्सी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार