निर्भया सामूहिक बलात्कार घटनाका चार दोषी मध्येका एक विनय शर्माले आफ्नो फाँसीको सजायलाई जन्मकैदमा बदल्न माग गरेका छन् । यस सम्बन्धमा विनयका वकिल एपी सिंहले दिल्लीका उपराज्यपाल अनिल बैजल समक्ष अर्जी दाखिल गरेका छन् ।

दिल्लीको एक अदालतले चारै दोषीलाई मार्च २० मा फाँसी दिन आदेश दिएको छ । यसभन्दा अघि दोषी पवन गुप्ताले पनि सर्वोच्च अदालतमा क्यूरेटिव याचिका दाखिल गरेर फाँसीको सजायलाई जन्मकैदमा बदल्न माग गरेका थिए । तर उक्त याचिकालाई खारेज गरिएको थियो ।

यी चारै जना दोषीले अलग–अलग तारिखमा आफ्नो दया याचिका दायर गरेका थिए, जसकारण उनीहरुको फाँसीको मिति पटक पटक सारिएको छ।अब उनीहरु चारैजनालाई मार्च २० मा फाँसी दिइने तय छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार